यान्त्रिक व्यवस्थापन कार्यालय, मोरङ जलस्रोत तथा सिँचाइ क्षेत्रसँग सम्बन्धित यान्त्रिक उपकरण, भारी उपकरण तथा सवारी साधनहरूको सञ्चालन, व्यवस्थापन तथा मर्मत सम्भारसम्बन्धी प्राविधिक सेवा प्रदान गर्ने प्राविधिक कार्यालय हो। यस कार्यालयले आफ्नो कार्यप्रकृति, जिम्मेवारी तथा उद्देश्यअनुरूप कोशी प्रदेशअन्तर्गतका झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहा जिल्लाका सिँचाइ आयोजना तथा व्यवस्थापन कार्यालयहरूको कार्यसम्पादनमा आवश्यक यान्त्रिक तथा प्राविधिक सहयोग पुर्याउँदै आएको छ। कार्यालयले कार्यक्षेत्रअन्तर्गतका सिँचाइ आयोजना तथा व्यवस्थापन कार्यालयहरूमा प्रयोग हुने विभिन्न प्रकारका यान्त्रिक उपकरण, भारी उपकरण तथा सवारी साधनहरूको नियमित तथा आकस्मिक मर्मत सम्भार, सञ्चालन, परिचालन, व्यवस्थापन तथा प्राविधिक निरीक्षण गर्दै आएको छ। विशेषगरी सिँचाइ प्रणाली सञ्चालनका लागि आवश्यक उपकरण तथा अन्य यान्त्रिक प्रणालीहरूको प्रभावकारी सञ्चालन र मर्मत सम्भारमार्फत सिँचाइका लागि आवश्यक पानीको नियमित तथा भरपर्दो सञ्चालनमा यस कार्यालयले महत्वपूर्ण सहयोग पुर्याउँदै आएको छ।