यान्त्रिक व्यवस्थापन कार्यालय, मोरङ जलस्रोत तथा सिँचाइ क्षेत्रसँग सम्बन्धित यान्त्रिक उपकरण, भारी उपकरण तथा सवारी साधनहरूको सञ्चालन, व्यवस्थापन तथा मर्मत सम्भारसम्बन्धी प्राविधिक सेवा प्रदान गर्ने प्राविधिक कार्यालय हो। यस कार्यालयले आफ्नो कार्यप्रकृति, जिम्मेवारी तथा उद्देश्यअनुरूप कोशी प्रदेशअन्तर्गतका झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहा जिल्लाका सिँचाइ आयोजना तथा व्यवस्थापन कार्यालयहरूको कार्यसम्पादनमा आवश्यक यान्त्रिक तथा प्राविधिक सहयोग पुर्याउँदै आएको छ।